शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

प्राविधिक शिक्षालयलाई एनसीसी बैंकको ५ लाख सहयोग

बिहिबार, साउन २ २०७६

काठमाडौं(जस)–एनसीसी बैंकले प्रदेश नं. ३, भक्तपुर जिल्लाको सानोठिमी स्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सानोठिमी प्राविधिक शिक्षालयको हाताभित्र रहेको खुल्ला मञ्चमा ट्रष्ट र छाना निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उपलब्ध गराईएको उक्त रकमको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बताए । न्यूनतम सुविधाविहीन बालबालिकाहरुका लागि शैक्षिक कार्यक्रम(युसेप नेपाल)द्वारा सञ्चालित सानोठिमी प्राविधिक शिक्षालयका लागि युसेप नेपालका कार्य समितिका उपाध्यक्ष पूर्णभद्र पौडेललाई रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार