आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

‘सुपर गोर्खे’ प्रदर्शन हुने

बिहिबार, साउन २ २०७६

काठमाडौं (जस)–गतवर्ष प्रदर्शनमा आउने भनिएपनि प्रदर्शन हुन नसकेको फिल्म ‘सुपर गोर्खे’ यो साउनमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक राज थापाले साउन १० गते फिल्म रिलिज पक्का गरिएको जानकारी दिए । अभिनेत्री ऋचा सिंह ठकुरीको निर्माण रहेको फिल्ममा ऋचाको अलवा सुरज सिंह ठकुरी, निराजन लुइँटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
विवाहपछि अभिनयबाट टाढा रहेकी ऋचा यस फिल्मबाट पुनरागमन गर्न लागेकी हुन् । इश्वरीसिंह ठकुरी, राम कृष्ण, सुदिपजंग थापाको लगानी रहेको फिल्मलाई सौरभ लामाले छायाँकन गरेका छन् । निर्देशक थापाकै कथा रहेको फिल्ममा फिलिप जोनको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार