आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

चलचित्रकर्मीका सन्तानलाई अध्ययनमा ३० प्रतिशत छुट

मंगलबार, असार ३१ २०७६

काठमाडौं(जस)–चौधरी गु्रपद्वारा संचालित क्याम्पियन काठमाडौँ सेकेण्डरी विद्यालय गहना पोखरीले चलचित्रकर्मी तथा उनीहरुका परिवारलाई अध्ययनमा ३० प्रतिशत छुट दिने भएको छ । नेपाल चलचित्र निर्देशक समाजको पहलमा सो विद्यालयले चलचित्रकर्मीको सम्मानका लाागि यो छुट दिने निर्णय गरेको हो । निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठ र क्याम्पियन विद्यालयको प्रिन्सिपल खेमराज देवानले चलचित्रकर्मी छुट सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता हाललाई २ वर्षको लागि गरिएको छ ।
चलचित्रकर्मीले महँगो खर्च तिरेर आफ्नो बालबच्चा पढाउने अवस्था अझै नबनेकोले क्याम्पियनको यो सौहुलियत उनीहरुका लागि लाभदायक हुने समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले बताइन् । केही दिन नेपाल चलचित्र निर्देशक समाजले इत्तिहाद एयरवेजसँग पनि सम्झौता गरेर अन्तराष्ट्रिय उडानका लागि २० प्रतिसत छुटको ब्यवस्था गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार