शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एनआरएनएद्धारा प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त

मंगलबार, असार ३१ २०७६

केही दिनयता जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोका कारण भएको जनधन क्षतिको घटनाले गैरआवासीय नेपाली संघलाई निकै मर्माहत र स्तब्ध बनाएको छ कुरा एक वक्तव्यमार्फत खुलाएको छ । सो वक्तव्यद्धारा– यस्ता अकल्पनीय र दुःखद प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेको छ ।

संघले प्राकृतिक विपद्मा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनरस्थापना एवं राहतका कामलाई अझ प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण समेत गराएको छ ।

संघले सो वक्तव्यमार्फत स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई यस दुखद घडीमा आ–आफ्नो स्थानबाट सहयोग गर्नको लागि समेत हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार