काठमाडौं (जस)–धादिङको बेनीघाट रोराङ गाउंँपालिका–३ स्थित मलेखमा राष्ट्रिय वाणिज्य बैक शाखा स्थापना गरेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी रोजगारी सिर्जनासमेत हुने बताए । बैंकको ७७ वटै जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ सेवा रहेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।