काठमाडौं । अजोड इन्स्योरेन्सले पहिलो वर्षिक साधारण सभा सम्पन्न गरेको छ । सोमवबार काठमाडौंको वल्ड ट्रेड सेन्टरमा सम्पन्न भएको उक्त साधारण सभा मार्फत कम्पनीले आ.व २०७४र७५ को वित्तीय विवरण पारित गरेको छ । २०७५ को अषाढ २१ गतेबाट व्यवसाय शुरु गरेको कम्पनीले आ.व २०७४र७५ कुल बीमा शुल्क आर्जन गरि १ करोड ९५ लाख ३६ हजार ९ सय ९३ रुपैया आर्जन गर्न गर्न सफल भएको छ ।
उक्त मुनाफा बीमा ऐन,२०४९ अनुसारको ९९ लाख ६४ हजार ७ सय ९३ रुपैया बीमा कोषमा सारिएको सभामा प्रस्तुत गरिएको थियो । साथै बाकी रकम महा विपत्ति जगेडा कोष र स्थगन कर जगेडा समायोजनपछि रहेको बाकी वितरण योग्य मुनाफा ८८ लाख ३४ हजार ९ सय वासलातमा सारिएको जनाएको छ । कम्पनीले आ.व २०७५र७६ को चैत्र मसान्तसम्म २५ करोड ४ लाख रुपैया बीमा शुल्क संकलन गरेको उक्त साधारण सभामा जानकारी गराइएको थियो । कुल ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको मुख्य कार्यलय सहित ६ वटा क्षेत्रीय कार्यालय, २३ वटा शाखा कार्यालय ,१७ वटा बीमा काउन्टरहरु र एक ग्राहक सेवा केन्द्रबाट सेवा बिस्तार उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।