बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

अशोक लेलैण्डको ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’

मंगलबार, असार ३१ २०७६

काठमाडौं (जस)–आइएमई गु्रप अन्तर्गतको आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ देशभर संचालन गरेको छ । आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकहरुमाझ सो अफर ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५५, ल्युबमा १०५, लेबर श्ुाल्क, ३०५ साथै ३०५ च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।
फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् । यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्म्सियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो योजना नेपाल अधिराज्यभरी असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद ५ सम्म लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार