आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाढीपीडित जनताको बारेमा चासो नदिएको भन्दै जनताले जलाए मन्त्री यादवको पुत्ला

मंगलबार, असार ३१ २०७६

आलोक यादव
सिरहा,३१ असार । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला बेवास्ता गरेको भन्दै सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुत्ला जलाएका छन् ।

सप्तरीको सबभन्दा प्रभावित क्षेत्र तिलाठीमा मन्त्री यादवको पुतला जलाएको हो ।

बाढीका कारण दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान पनि गएको छ तर मन्त्री उपेन्द्र यादव हालसम्म सप्तरी पुगेको छैनन् ।

मन्त्री यादवले सप्तरीबाट चुनाव जितेका हुन् । डुवानपछि न उनी आफ्नो क्षेत्रमा गएका छन् न कुनै राहतको व्यवस्था गरेका छन् , त्यसैको आक्रोशमा त्यहाँका जनताले उनको पुतला जलाएको स्थानीय युवा अनिल यादवले बताए । त्यस्तै अर्का बाढी पीडित सरोज साहले भने, भोट लिने बेला हामी जनता चाहिन्छ, अहिले हामी पीडामा हुँदा खबर लिन नआएको कारण दुख लागेको बताए ।

पीडितहरुले डुवान परेको बेला राहत तथा उद्धारका लागि आफ्नो क्षेत्रमा आउनुको साटो मन्त्री यादव , पाटि प्रवेश कार्यक्रममा लागेको छन् र विदेश घुम्न जाने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार