काठमाडौं (जस)–हिमालयन जाभा कफीको ३९ औं शाखा महाराजगञ्जमा खुलेको छ । मेनपावर व्यवसायी ध्रुव रिजाललगायतको समूहले काठमाडौंको मुटु महाराजगञ्जमा आधिकारिक रुपमा फ्रेन्चाइजी लिएर शाखा सञ्चालनमा ल्याएको हो । शाखाको भारतीय राजदूत मञ्जिभ सिंह पुरीले सोमबार रिवन काटेर बिधिवत रुपमा उदघाटन गरेका हुन् ।उद्घाटन क्रार्यक्रममा हिमालयन जाभाका संचालक गगन प्रधान, थाई एवरवेजका नेपाल तथा भुटान जनरल म्यानेजर नरिन्त्रोन सुक्केसेमलगायत बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

नयाँ शाखाका सञ्चालक व्यवसायी रिजाल व्लु ओसियन ओभरसिजका सञ्चालकसमेत हुन । रिजाल वैदेशिक रोजगार व्यवसायसँगै शिक्षा क्षेत्र एवम सेक्युरिटी कम्पनीमासमेत आबद्घ छन । करिब १ करोड ५५ लाख लागतमा सञ्चालनमा ल्याएको सञ्चालकको भनाइ छ । उक्त शाखा प्रत्येक दिन बिहान ६ः३० देखी बेलुका ९ बजेसम्म सञ्चालनमा आउने रिजालले बताए । सन् १९९९ वाट सञ्चालन आएको हिमालयन जाभाका हालसम्म ३९ वटा शाखा सञ्चालनमा आइसेका छन् ।



जसमा नेपालभित्र ३१ वटा शाखा सञ्चालनमा छन भने ८ वटा नेपालभन्दा वाहिर छन् । यसैगरी थप शाखाहरु वालुवाटार र बिराटनगरमा पनि छिट्टै संचालनमा आउने हिमालयन जाभा फ्रेन्चाइजीका अपरेटर म्यानेजर राजनसिंह राईले जानकारी दिए । नेपालमा मात्र उत्पादन हुने कफी बिन्ज(SINGLE ORGIN) हुने भएकाले पनि यसको माग बढिरहेको राईले जानकारी दिए ।

