आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नयाँ बसपार्कमा टप राजधानी दोहोरी साँझको पुर्व प्रधानसेनापती कटवाल र वरिष्ठ गायक रायमाझीद्वारा उदघाटन

आइतबार, असार २९ २०७६

काठमाडौ(जस)-काठमाडौको नयाँबसपार्कमा टप राजधानी दोहोरी साझको नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवाल,काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल,बरिस्ठ गायक नारायण रायमाझी,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा र गायक राजेन्द्रकुमार कार्कीले एक कार्यक्रमका बिच रिबन काटेर उदघाटन गरेका छन । उनिहरुले शनिबार साझ चर्चित गायक प्रकाश कटवालले सन्चालनमा ल्याएको टप राजधानी दोहोरी साझको उदघाटन गरेका हुन ।

दोहोरीको उदघाटन गर्दै पुर्ब प्रधानसेनापति कटवालले लोक दोहोरी बिस्वकै नमुना संगीत भएकाले यस्को संरक्षणमा सरकार र सरोकारवाला निकाय लाग्नुपर्ने बताए । आफै लोकगित गाएर कार्यक्रममा उपस्थित कटवालले लोकसङ्गितको जगेर्नामा सबै लाग्नुपर्ने बताए । कार्यक्रममा बरिस्ठ गायक नारायण रायमाझीले आफ्ना विभिन्न गितहरु प्रस्तुत गर्दै दोहोरीको सफलताको शुभकामना दिए ।


उनले दोहोरी कलाकारहरुको बिद्यालय भएको बताए । कार्यक्रममा उपस्थित अतिथिहरु काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्कीलगायतले दोहोरीको सफलताको शुभकामना दिए ।

कार्यक्रममा उपस्थित अतिथी कलाकारहरुले विभिन्न गितहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित गायक प्रकाश कटवालले आफुले आफ्नै क्षेत्र लोकदोहोरीको बिकास र संरक्षणको लागी दोहोरी संचालन गरेको बताए । उनले दोहोरीमा ४० जनालाई रोजगारी दिएको समेत बताए । दोहोरी उदघाटनको अबसरमा यस क्षेत्रको हकहित र संरक्षणमा उल्लेख्य योगदान दिने विभिन्न ब्यतित्व हरुलाई मायाको चिनो प्रदान गर्दै सम्मानसमेत गरिएको थियो ।


सम्मानित हुनेहरुमा काठमाडौ जिल्लाका सहायक जिल्ला अधिकारी कृष्ण बहादुर कटवाल, जनसवाल दैनिकका सम्पादक रामजी बगाले ,चर्चित गायक बिष्णु खत्री,गायिका सीता थापा,गायक राजेन्द्रकुमार कार्की,लोकदोहोरी ब्यबसायी संघका अध्यक्ष चुडा बहादुर कार्की , एनआरएनए जापानका प्रबक्ता पर्शु बस्नेतलगाएत पत्रकारहरु र कलाकारहरु रहेका थिए। ऊनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली सेनाका पुर्व प्रधानसेनापती रुक्मांगद कटवाल र दोहोरीका संचालक प्रकाश कटवालले मायाको चिनो प्रदान गर्दै खाता ओढाएर सम्मान गरेका थिए । दोहोरीको उदघाटन कार्यक्रम बुधबारसम्म रहने र उदघाटन अबधिभर विभिन्न चर्चित कलाकारहरुको प्रस्तुति रहने सन्चालक कटवालले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार