आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

‘रातो गलबन्दी’को शीर्ष गीतसँगै फस्टलुक सार्वजनिक

आइतबार, असार २९ २०७६

काठमाडौं (जस)–प्रेमकथामा निर्माण गरिएको फिल्म ‘रातो गलबन्दी’को फस्टलुक पोस्टरसँगै शीर्ष गीत पनि सार्वजनिक गरिएको छ । फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले फष्टलुक तथा शीर्ष गीत एकसाथ सार्वजनिक गरेको हो । केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको मुख्य भूमिका रहेको फिल्म १७ साउनबाट प्रदर्शनमा आउँदैछ । फिल्म अनिश थापाले निर्देशन गरेका हुन् । सार्वजनिक पोस्टरमा केकी, कोसिस र बुद्धि अटाएका छन् । हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको फिल्मको शीर्ष गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ ।
गोबिन्द राईले कोरियोग्राफी गरेको गीत लोकराज अधिकारीले लेखेका हुन्, भने संगीत बिनोद खुम्बुले दिएका छन् । मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मस्को स्क्रिप्ट किरण माइकलले लेखेका हुन् । हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमीरे, अमृता मगैराम र कृष्ण घिमीरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् । निर्देशक थापा ‘रातो गलबन्दी’ भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देशयुक्त फिल्म भएको बताउँछन् । पूर्वी नेपालका बिभिन्न स्थानमा खिचिएको फिल्मको लाइन प्रोड्युसरमा प्रकाश सेनदाङ, मनोज उप्रेती र युएस लाइन प्रोड्युसरमा बेनुप्रसाद मैनाली छन् । रातो गलबन्दीको बितरण आरआर फिल्मस्ले गर्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार