बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थाइल्यान्ड ओपन कराँते : मन्देले जिते रजत, टिम कातामा काँस्य

शनिबार, असार २८ २०७६

काठमाडौं (जस)–थाइल्यान्ड खुला कराते च्याम्पियनसिपमा शनिबार नेपालले १ रजत र १ कास्य पदक जितेको छ । स्वेदशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको विशेष प्रशिक्षणमा रहेको कराते टोलीका सदस्य मन्देकाजी श्रेष्ठले एकल काता र महिला टोलीले कास्य पदक जितेको छ । आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्देले फाइनलमा भने थोरै अंकले स्वर्ण पदक जित्नबाट बञ्चित रहे ।
स्वर्ण पदक विजेता इन्डोनेसियाका खेलाडीले २०.३६ स्कोर गरे भने मन्देले २०.२० स्कोर गरेका थिए । त्यसअघि पहिलो, दोस्रो र तेस्रो चरणमा भने मन्दे शीर्षस्थानमा रहन सफल भएका थिए । निर्मला तामाङ, कोपिला विष्ट र सरु कार्की सम्मिलित महिला टोलीले टिम कातामा कास्य पदक जितेको छ । नेपालले २२.८८ अंकका साथ कास्य पदक पक्का गरेको हो । नेपालसँगै ब्रुनाईले पनि कास्य पदक जितेको टिम कातामा चीनले स्वर्ण तथा म्यानमारले रजत पदक जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार