मलेसिया, २६ असार । गैरआवासीय नेपाली संघ मलेसियाले गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्तलाई स्वागत तथा एनआरएनए सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यही जुलाई ९ मा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए मलेसियाका पदाधिकारी र व्यवसायीहरुको उपस्थिति थियो । कार्यक्रममा बोल्दै आईसिसि सदस्य विश्वबिक्रम राईले आफ्नो पोखरी फोहोर भए आफैले सफा गर्नु पर्ने भन्दै अधिवेशन नजिकिएको र यो अधिवेशन परीक्षा भएको र राम्रो नतिजाको लागि मेहनत गर्नु पर्ने बताए ।
एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले मलेसियामा नेपालीहरुको ठुलो जमात रहेपनि एनआरएनएका सदस्य कम रहेकोले सदस्य वृद्धि र संगठन बिस्तारमा लागिपर्ने बताए । कार्यक्रममा आफ्नो जिज्ञासा र सुझाव राख्दै प्रोफेसर धिरेन्द्र कोईरालाले एनआरएनएका मुख्य पदमा आउन सबैलाई सहज तरिकाको नीति हुनु जरुरी रहेको र पैसा र पावरको आडमा नेतृत्व चयन नहोस भन्ने सुझाव दिए ।

‘गैरआवासीय नेपाली संघको अर्थ र महत्व नै मलेसियामा रहेको नेपालीहरुको ठुलो जमातले बुझेको छैन किन ? बैदेशिक रोजगारमा आएका नेपाली मात्र नभै केही पुस्ता देखि मलेसियामा बस्दै आएका नेपालीहरु पनि धेरै छन् । तर, किन एनआरएनए मा संगठित हुनु सकेको छैन ? यो मलेसियाका समितिको कमजोरी कि नितिको कमजोरी हो ?’ कोइरालाले भने । यस्तै जिज्ञासा राख्दै मलेसियामा २ बर्ष बसाईपश्चात् मात्र एनआनएनए को सदस्य हुन पाउने नीति श्रमिक मैत्री नभएको सुझाव नेपाल व्यवसायी समाज मलेसियाका सचिव बिपिन राईले दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष कुमार पन्तले देश भन्दा बाहिर रहेका ८० लाख नेपालीहरुलाई सामाजिक, सांस्कृतिक र आर्थिकरुपमा संगठित गरि देशको बिकास गर्न गैर आवासीय नेपाली संघ स्थापना भएको बताए । ‘विश्वका विभिन्न ठाउमा रहेर आर्जन गरेका सीप, ज्ञान, प्रबिधि र पुजीलाई संकलन गरि देशमै लगानी गर्ने हो भने नेपालको समृद्धि र बिकास धेरै छिटो गर्ने सकिनेछ । यसका लागि गैर आवासिय नेपालीहरुले मात्रै लगानी गर्न पाउने र लगानी सुरक्षाको ग्यारेन्टी गर्ने नेपाल सरकारको बिधानमै पारित भएको छ । केही प्रोजेक्टहरु सम्पन्न भैसकेको छ भने केही चालु रहेको छ र अन्य थप प्रोजेक्टहरु ल्याउने योजाना छ’ पन्तले भने । मा पन्तले जब एक देशको नागरिक अर्को देशमा गएर १८२ दिन भन्दा बढि बसोबास गर्छन तब त्यस राज्यलाई कर तिर्नु पर्ने अन्तराष्ट्रिय कानुन छ भन्दै तेसै अनुसर हामी नेपाली पनि आफ्नो देश छोडरे बैदेशिक रोजगारीको लागि, ब्यबसाय र अध्यायनको लागि बिदेशमा बसोबास गर्ने सबै गैर आवासीय नेपाली हो र सबैले एनआनएनए को सदस्य हुन पाउने प्राबधान रहेको बताए । सदस्यता ग्रहण गरेका गैर आवासीय नेपालीहरुको लागि धेरै सुबिधा रहेको र थप सुबिधाहरु ल्याउने योजना पनि रहेको उपाध्यक्ष पन्तले बताए ।

पन्तले यो समाजिक कार्य भएकोले तछाड र मछाड गर्न जरुरी नभएको बताउँदै एनआरएनए मलेसियामा चुनाबी प्रक्रियाबाट नेतृत्व चयन भएको ईतिहास नरहेको र त्यो कायम रहोस भन्ने कामना गर्दै नेतृत्व सर्वसम्मत नै चयन गर्न एनआरएनए मलेसीयाको समितिलाई पन्तले आग्रह गरे । पन्तसहित एनआरएनए मलेसियाको टोलीले मलेसियास्थित नेपाली राजदुत उदयराज पाण्डेसंग कामदारका बिबिध समस्याका बारेमा छलफल गरेका थिए । कार्यक्रमको समापन एनआरएनए का आईसिसि सल्लाहकार संकरबहादुर पौडेलले गरेका थिए भने कार्यक्रम संचालन एनआरएनए मलेसियाका महासचिव सुन्दर आलेले गरेका थिए ।