बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

सांग्रिला डेभलपमेन्ट बैंक र लर्ड बुद्ध एजुकेशनल एकेडेमीबीच सम्झौता

बुधबार, असार २५ २०७६

काठमाडौं (जस)–सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमीद्वारा संचालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गते बाट लागु हुने गरि १०५ सम्मको छुट प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्ध एजुकेशनल एकेडेमीका प्रबन्ध संचालक डा. सुरेश कुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार