बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

राष्ट्रिय बिमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

बुधबार, असार २५ २०७६

काठमाडौं (जस)–नेपाल सरकारको स्वामित्व प्राप्त नेपाली बिमा क्षेत्रमा स्थापित राष्ट्रिय बिमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच ब्यवसाय आदान प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुरुप कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बिमा गर्दा राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिइने बताइएको छ । यसबाट बिमा कम्पनी तथा बैंकका कर्मचारी र ग्राहक दुबै लाभान्वित हुन सक्नेछन् । बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार