काठमाडौं(जस)–सूर्या लाइफइन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात, मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न सूर्या लाइफ केयर पुरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक,कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रही मूल बीमाङ्कको आधारमा एकमुष्ठ रु ५० लाख सम्म भुक्तानी गरिने बताइएको छ । भविष्यमा आइपर्ने सम्भावित घातक रोगहरुबाट हुने आर्थिक भारबाट सुरक्षित हुने उत्तम उपाय नै सूर्या लाइफ केयर एैच्छिक सुविधा रहेको छ । ग्राहकले बीमालेख खरिद गर्ने समयमावाबीमितले बीमा बार्षिकोत्सबमा मूल बीमाङ्क बराबरको यो सुविधा लिन सक्नेछ ।