बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

अजोड इन्स्योरेन्सद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बुधबार, असार २५ २०७६

काठमाडौं(जस)–अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार श्री मंगल माध्यमिक विद्यालयलाईका बद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ । अजोड इन्स्योरेन्स लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाबाट शैक्षिक सामाग्री वितरण गरेको थियो । उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्ण हरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक, गोविन्द प्रसाद ढकाल र बरिष्ठ सहायक, उषा बस्नेत समेतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक कृष्ण हरि कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नू भएकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तो सहयोगको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार