काठमाडौं(जस)–प्रभु गु्रपले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा शुरु गरेको छ । टेरिष्टोरियल प्रबिधिमा आधारित टेलिभिजन बितरण सेवा ‘प्रभु टीभी’ समेत सञ्चालन गरिरहेको प्रभु ग्रुपले इन्टरनेटका माध्यमबाट मोबाइलमा पनि टीभी हेर्न मिल्ने सेवा शुरु गरेको जनाएको छ । प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाइने छ । प्रभु ग्रुपले मोबाइल एप्लिकेसनमार्फत् टीभी सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको जनाएको छ ।
मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिने छ । ग्राहकहरुले स्वदेशी तथा बिदेशी च्यानलको लाइभ प्रसारण हेर्न रअन डिमान्ड फिल्म पनि हेर्न पाउनेछन् । प्रभु टीभीले काठमाण्डौ उपत्यका, चितवन, कास्की, सुनसरी, झापा, रुपन्देही नवलपरासी र कपिलबस्तु लगायतका स्थानहरुमा यो सेवा शुरु गरिसकेको छ । छिट्टै जनकपुर र वीरगञ्जमा पनि सेवा शुरु गर्ने तयारी गरेको जनाएको छ ।