काठमाडौं । १० साउनबाट प्रदर्शनमा आउने फिल्म ‘एकलब्य’ अहिले प्रचार प्रसारको क्रममा छ । प्रचारलाई बल पुर्याउने हेतुले निर्माण युनिटले सोमबार फिल्मको ट्रेलर समेत सार्वजनिक गरेको छ । अनमोल शर्माले निर्देशन रहेको फिल्मको ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या, भ्रस्टाचार जस्ता बिषयले प्रथामिकता पाएका छन् । निर्देशक शर्माका अनुसार एकलब्य समसामयिक बिषयमा निर्माण गरिएको प्रेम कथानक फिल्म हो । फिल्ममा अभिनेताद्धय सोनाम थापा मगर र पुष्कर राउतले भरपुर एक्सन गरेको शर्मा बताउछन् ।
सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिमा सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुन लगायतको अभिनय रहेको फिल्म राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरले निर्माण गरेका हुन् । कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत रहेको फिल्म भोजराज देवकोटाको पटकथा सम्वादले भरिएको छ । फिल्मले दुई साता अघि ‘पूर्वै चल्नेया रेल…’ सार्वजनिक गरेको थियो । जुन गीत अहिले चर्चामा छ ।