बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

राष्ट्रिय टिमका कराँते टोली थाइल्याण्ड प्रस्थान

मंगलबार, असार २४ २०७६

काठमाडौं(जस)–थाईल्याण्ड खुल्ला कराँते च्याम्पियनपसपमा सहभागी हुन जाने राष्ट्रिय टिममा रहि ते¥हौं दक्षिण एशियाली खेलकुदको लागि तयारी गरिरहेका नेपाली कराते टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई सोमबार एक कार्यक्रम विच तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बि.क.ले कराते हल, सातदोवाटोमा बिदाई गरेका थिए । मित्र राष्ट्र थाईल्याण्डको बैङककमा यहि आषाढ २५ देखि श्रावण १ सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली टोली ब्यवस्थापकमा आठौं सागका स्वर्णधारी रवी महर्जन रहेका छन् ।
यस्तै खेलाडीहरुमा सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी), मण्डेकाजी श्रेष्ठ (एकल तथा टिम काता), सुभाष कार्की तथा प्रविन मानन्धर (टिम काता), सनि तामाङ्ग (६८ केजी), अस्मिता राई (५३ केजी) चन्चला दनुवार (एकल काता), निर्मला तामाङ्ग, सरु कार्की र कोपिला बिष्ट (टिम काता) रहेका छन् । टोलीलाई शुभकामना सहित बिदाई गर्दै प्रमुख अर्जून बि.क.ले राष्ट्रिय टिममा रहेर ते¥हौं सागको तयारी गरिरहेका खेलाडीहरुले आफुलाई ते¥हौं सागमा पदक हात पार्न सफल हुने प्रमाणीत गर्नेमा आफु बिश्वस्त रहेको बताए ।
यस्तै तालिम तथा प्रशिक्षण विभाग प्रमुख महेन्द्र कुमार राईले यस च्याम्पियनसिपमा सहभागिताले खेलाडीहरुको परिक्षण हुने हुने भन्दै खेलाडीहरुका लागि अनुभवको अवसर हुने बताए । बिदाई कार्यक्रमको अध्यक्षता गरेका नेपाल कराते महासंघका महासचिव हरिसरण के.सी.ले खेलाडीहरुलाई शुभकामना प्रदान गर्दै राष्ट्रिय टिममा पर्ने खेलाडीहरुले आफुलाई प्रमाणित गर्नुका साथै खरो रुपमा उत्रंदै पदक हात सफल हुने बिश्वास ब्यक्त गरे । न

प्रतिक्रिया
सम्बन्धित समाचार