काठमाडौं(एजेन्सी)–क्यामरुनलाई हराउँदै नाइजेरिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेको छ । ईजिप्टमा गएराती भएको खेलमा नाईजेरियालाई विजयी गराउन ओडियोन ईघालोले दुई गोल गर्दा अलेक्स ईओबीले एक गोल थपे । पराजित टोली क्यामरुनका स्टेफेन बोहोकेन र क्लीन्टन निहेले एक एक गोल गरे ।
अफ्रिका कप फुटबलकै अर्को खेलमा आयोजक ईजिप्टलाई हराउँदै दक्षिण अफ्रिका पनि क्वाटरफाईनलमा प्रवेश गरेको छ । खेलमा दक्षिण अफ्रिकालाई विजयी गराउन थेम्बीनकोसी लोर्चले ८५ औं मिनेटमा निर्णायक गोल गरे । हारसँगै अफ्रिका कपको सार्वा्धिक सफल टोली ईजिप्टको यो संस्करणको यात्रामा पूर्णविराम लागेको छ ।