बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

विश्वकप क्रिकेट : शीर्ष स्थान ओगट्ने भारत र अस्ट्रेलियाको दाउ

शनिबार, असार २१ २०७६

काठमाडौं, २१ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) लिग चरणको खेल सकिनेछ । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । हेडिङ्लीमा ३ः१५ बजे सुरु खेलमा भारत जितको खोजीमा रहेको छ ।

अर्को खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन् । यो खेल साँझ ६ः१५ बजे ओल्ड ट्राफोर्डमा हुनेछ ।

सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लागिसकेकाले यी खेलको नतिजाले त्यति अर्थ राख्दैन । तर, सेमिफाइनल समीकरणमा भने असर पार्नेछ ।

आठ खेल खेलेको अस्ट्रेलिया १४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । अस्ट्रेलियाले सात जित र एक हारको नतिजा निकालेको छ । भारत १३ अंकसहित तालिकाको दोस्रो स्थानमा आसीन छ । भारतले ६ जित र एक हारको नतिजा निकालेको छ । भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

इदि अस्ट्रेलिया पराजित भएमा र भारतले श्रीलंकालाई हराएमा भारत तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।

अस्ट्रेलिया भने दोस्रो स्थानमा झर्नेछ । पहिलो खेलमा भारत पराजित र दोस्रो खेलमा अस्ट्रेलिया विजयी भएको अवस्थामा भने समीकरणमा कुनै फरक पर्ने छैन ।

श्रीलंका र दक्षिण अफ्रिका यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । त्यसैले आजको खेल लिग चरणको शीर्ष स्थान ओगट्नका लागि भारत र अस्ट्रेलियालाई महत्त्वपूर्ण छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार