काठमाडौं(जस)–नेपाल एसबिआई बैंक संचालक समितिको ४३८ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका संचालक बि.आर.एस. सत्यनारायणलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ । अध्यक्ष बि.आर.एस. सत्यनारायण एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बि.आई. का एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् ।नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोह बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।