बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सानिमाले ल्यायो घातक रोगका लागि बीमा योजना

बिहिबार, असार १९ २०७६

काठमाडौं(जस)–सानिमा लाइभ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको छ । ‘सानिमा घातक रोग रक्षावरण स्वास्थ्य बीमा योजना’ नाम दिइएको सो योजनामा क्यान्सर, मिर्गाैला, अङ्ग दान÷‘बोनम्यारो’ प्रत्यारोपण, ‘ओपन हार्ट सर्जरी’, हृदयाघात, मस्तिष्कघातलगायत रोगको उपचारलाई समेटिएको यहाँ बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
लिमिटेडका महाप्रबन्धक शिवराम तिमल्सिनाले बीमा योजनाले १८ देखि ५५ उमेर समूहलाई समेट्ने र रु ५० हजारदेखि रु ५० लाखसम्मको बीमा जिकिर गर्न सकिने जानकारी दिए । पैसा र उपचारको अभावमा जनताको अकालमा मृत्यु नहोस् भन्नाका लागि कम्पनीले सो योजना ल्याइएको जानकारी दिँदै यसले जनताको जीवनस्तरमा सुधार ल्याउने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार