काठमाडौं(जस)–नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिक बीच लायन्स सदस्यहरुलाई नबिल भिसा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतासंगै अब नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् । हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने पनि जनाइएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबन्धक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उल्लेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए ।
लायन्स मल्टिपल डिस्ट्रिकका अध्यक्ष डीआर खनालले उक्त कार्यको सर्हाना गर्दै नबिल बैंकलाई धन्यवाद दिनु हुंदै यसको फाइदा लिनु हुन सम्पूर्ण लायन्स सदस्यलाई आग्रह समेत् गरे । सामाजिक हितका लागि सन् १९१७ मा स्थापना भएको लायन्स ४६००० क्लब तथा एक करोड चालिस लाख सदस्य भएको बिश्वकै ठुलो संस्था हो । करिब ३२००० सदस्य रहेको लायन्सले १२०० क्लब मार्फत नेपालमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।