काठमाडौँ(जस)–‘हेरिटेज अफ फेसन नेपाल’ नामक फेसन शो पोखरमा आयोजना हुने भएको छ । आयोजक एएसएपीले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शोको विभिन्न पक्षबारे जानकारी दियो । केही पछि अष्ट्रेलियामा समेत आयोजना हुने यो शोमा दजर्न बढी मोडलले र्याम्प नाम्ने छन् । शोमा नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरुले तयार पारेका पहिरन प्रस्तुत हुने आयोजकले जनाएको छ ।
फेसन शोको सो टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार र ‘कर्पोरेट क्विन २०१९’ शीत्तल थापा रहने आयोजकले जानकारी दियो । कार्यक्रममा गायिका मिलन लामा र प्राप्ति तुलाचनले सांगीतिक प्रस्तुति पस्कनेछन् । मुस्कान रानी कोरियोग्राफर रहेको शोमा गायक धिरजले राइको पनि सहभागिता रहनेछ । ‘भिजिट नेपाल २०२०’ लक्षित गर्दै शो आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।