काठमाडौँ(जस)–दयाहाङ राई र दीया पुन अभिनित फिल्म ‘दयारानी’को स्वदेश भन्दा पहिले हङ्कङमा प्रिमियर गरिएको छ । युङ्लुङ थिएटरमा आयोजित प्रिमिएरमा ८ सय बढी दर्शकको उपस्थिती रहेको थियो । प्रिमियरमा फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण युनिटले जनाएको छ । गरिब तथा असहाय विद्यार्थीको सहयोगार्थ आयोजाना गरिएको फिल्मको प्रिमियरमा लेखक तथा निर्देशक माओत्से गुरुङ, अभिनेता दयाहाङ राई, अभिनेत्री दिया पुन, कलाकारद्धय पुष्कर गुरुङ, डिबी गुरुङ लगायत हङकङ पुगेका थिए ।
सामाजिक कथावस्तुमा निर्माण भएको फिल्म ब्यवसायी मोहन (टिला) गुरुङसंगै किरण गुरुङ, केन्द्र लिम्बु, मेजर खुसीमान गुरुङ, क्याप्टेन सुरेन्द्र गुरुङ, क्याप्टेन प्रकाश गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मस्को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ र दीयाको अलवा बिजय बराल, प्रमिश गुरुङ, शिरिसा कँुवर, नयन गुरुङ, कृष्टि गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।