शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे नेकपामा प्रवेश

बिहिबार, असार १९ २०७६

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बिहीबार कास्कीमा एक कार्यक्रमबीच गुरुङलाई नेकपाका गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन् ।

सांसद गुरुङलाई पार्टीमा स्वागत गरेपछि मुख्यमन्त्री गुरुङले भने, ‘प्रदेशसभामा दुई तिहाइ बहुमत पुगेकोमा हामी उत्साहित छौं।’ ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका मनाङे स्वतन्त्र सांसद थिए । मुख्यमन्त्री गुरुङले उनी सुध्रन चाहेर पार्टीमा आएको भन्दै खुसी व्यक्त गरे ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । त्यही मुद्दामा उनलाई गत २०७५ वैशाख ६ गते प्रहरीले पक्राउ गरेर थुनामा राखिएको थियो । पछि पुस ६ गते सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनी शपथ लिएर प्रदेशसभामा जान थालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार