क्वालालम्पुर । जनउद्धार केन्द्र मलेसिया ले दिन प्रतिदिन आफ्नो कार्यक्षेत्र लाइ फराकिलो बनाउदै नयाँ – नयाँ कमिटी गठन गर्दै अघि – अघि बढ्ने क्रममा फेरि अर्को सफलता हात पार्न सफल भएको छ । मलेसियाको पेनाङ्ग राज्य स्थित पुलाउ पेनाङ्ग लभलाइन भन्ने ठाँउमा एउटा सम्पर्क समिति गठन भएको छ ।
जनउद्दार केन्द्र मलेसियाले अप्ठ्यारोमा परेका आप्रवासी हरुको सेवा गर्दै आइरहेको कुरा सबैलाई अवगत नै छ र अब यो कुरा नयाँ पनि रहेन सोही कार्यको निरंतरता फेरि पुलाउ पेनाङ्ग को लभलाइन भन्ने ठाउमा सम्पर्क समिती गठन गरेको जानकारी जनउद्धार केन्द्र मलेसियाले गराएको छ ।
यही जुलाई २ तारीख का दिन संस्था का केन्द्रिय अध्यक्ष केशु थापा, सचिब शंकर देब आचार्य, उपाध्यक्ष रुप टन्डन, कोषाध्यक्ष देबेन्द्र गिरि, सदस्य कमल खड्का र उमेश खनाल को प्रत्येक्ष उपस्थिति मा जनउद्दार केन्द्र लभलाइन सम्पर्क समिति गठन भएको छ ।
नव गठित समिति बालकृष्ण भण्डारी को अध्यक्षतामा गठन भएको छ । उपाध्यक्षमा टंक बहादुर खत्री, सचीव ज्याम बहादुर थापा, सह सचिब नवीन मल्ल, कोषाध्यक्ष देब धामी चयन हुनुभएको छ , सदस्यमा आदित्य योगि, दिपक तामाङ , मनोज शाही, याम सोमै मगर, ज्ञान बहादुर, बिनोद शाही,कमल गुरुङ, सन्दिप तामाङ्ग र कुमार यादव सहित १४ जनाको नव निर्वाचित सम्पर्क समिति चयन भएको छ । सम्पुर्ण नबगठित सम्पर्क समिति का पदाधिकारी हरुलाइ जनउद्धार केन्द्र द्वारा सफल र उत्कृष्ट कार्यकाल को शुभकामना दिएको थियो ।