शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

पाँचबूँदे घोषणापत्रसहित नारायण भण्डारीले गरे एनआरएनए कतारको प्रथम उपाध्यक्षमा उम्मेदवारीको घोषणा (घोषणापत्रसहित)

बिहिबार, असार १९ २०७६

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९–२०२१ को प्रथम उपाध्यक्ष पदका नारायण भण्डारी ‘समाजसेवी’ ले उम्मेदवारी घोषणा गरेका छन् । नुवाकोट, लिखु गाउँपालिका–६ मा जन्मिएर वैदेशिक रोजगारीको सिलसिलामा सन् २००९ देखि दोहा कतारलाई कर्मथलो बनाउँदै आईरहेका भण्डारी गैर आवासीय नेपाली संघ रासप कतारमा सन् २०१३ देखि पार्षद सदस्यको रुपमा आबद्ध भएर कृयाशिल हुँदै आएका छन् ।
सन् २०१७ देखि २०१९ सम्मको कार्यकालमा सह–युवा संयोजकको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका भण्डारीले बिगतमा झैँ यस पटक पनि एनसिसि कतारको कार्यसमिति पदमा निरन्तर रहि थप जिम्मेवारी निर्वाह गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भण्डारीले अग्रज ब्यक्तित्वहरुको सुझाव, हौसला तथा आग्रहलाई मनन गर्दै उम्मेदवारी दिएको बताएका छन् ।

कतारमा प्रवेश गर्नु अगावै र कतारमा प्रवेश गरेपछि बिगत १० बर्ष देखि निरन्तर सामाजिक कार्यमा आफुलाई समर्पित गराउँदै “समाजसेवीको” रुपमा टाईटल बनाईसकेका र प्रत्यक्ष, अप्रत्यक्ष रुपमा संस्थागत तथा ब्यक्तिगत तवरबाट अतुलनीय योगदान पुर्याउदै आएका भण्डारी दोहामा सकृय जिल्ला संस्था नुवाकोट सेवा समाज कतारका सल्लाहकार, तथा प्रदेश नं ३ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकारलगाण्त अन्य विभिन्न बैचारिक, सामाजिक संघ संस्थाहरुमा आवद्ध भई संस्थामा सिकेको ज्ञान र अनुभवलाई एनआरएनए कतार र समग्र एनआरएनएको उन्नयनमा लगाउने सोचसहति उम्मेदवारी घोषणा गरेको भण्डारी बताउँछन् । ‘आफुले महसुस गर्दै आएको श्रमीकहरुको हकहित र चेतना को कमी ले दिनानुदिन स्वदेश जाने रातो बाकसको न्याय को लागि सबै को साझा संस्थामा आवद्ध रहेर कार्य गर्ने उद्देश्य अनुरुप आगामी अगस्ट २३ तारिखका दिन हुन लागिरहेको गैरआवासीय नेपालि संघ कतारको २०१९-२०२१ कार्यकालको निर्वाचनका लागि प्रथम उपाध्यक्ष पदमा आफुले उम्मेदवारी दिने घोषणा गरेको जानकारी गराउँदछु’, भण्डारीले भने ।

भण्डारीले आफ्नो घोषणापत्रमा पाँच वटा बुँदालाई प्राथमिकतामा राखेका छन् ।
१. श्रमीकहरुको हकहित र चेतना को कमी ले गर्दा दिनानुदिन स्वदेश जाने रातो बाकसको न्याय को लागि सबैको साझा संस्थामा आवद्ध रहेर सहकार्य गर्ने/ यसको न्यूनीकरण गर्ने ।
२. कतारमा कार्यरत सम्पूर्ण नेपालीहरुको अपनत्व हुने गरि संगठनलाइ अझै श्रमिकमुखी बनाउने काम गर्न प्रेरित गर्ने ।
३. श्रमिकको हक अधिकार सुनिश्चितताको लागि र पिडितको न्यायका लागि अझै बृहत खाले अवधारणा ल्याई सम्बन्धित कम्पनि र दुतावाससँग प्रत्यक्ष समन्वय गरि समस्याको समाधन गर्न पहल गर्ने ।
४. कतारमा सहकृय रुपमा स्थापित रहेका सामाजिक, बैचारिक, धार्मिक, साहित्यिक, कला सांस्कृतिक, खेलकुद र पत्रकारितालगायतका संघ संस्थाहरुसँगको सम्बन्धलाई अझै पारदर्शी, मजबुत पार्दै सामाजिक कार्यहरुमा सहकार्य, अगाडी बढ्न विभिन्न खाले रचनात्मक एवं उपलब्धिमुलक कार्यक्रमहरु ल्याउन भूमिका निर्वाह गर्ने ।
५. हाम्रो देश नेपाल पनि पर्यटकीय देशहरु मध्येकै सुन्दर देश हो भनेर चिनाउनका निम्ति हाम्रो देशमा खाडीका पर्यटक लैजाने खाले कार्यक्रमहरु ल्याउन बिशेष पहल गर्ने ।
अन्त्यमा भण्डारीले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०१९/२०२१ का लागि पञ्जिकृत सदस्यता लिनु हुने सम्पूर्ण महानुभावहरुलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै गैर आवासीय नेपाली संघ र कतार च्याप्टरको प्रथम उपाध्यक्ष पदको जिम्मेवारी बहन गरि कतारमा कार्यरत गैर आवासीय नेपालीहरुको हक हितमा काम गर्ने अबसर दिनका लागी सल्लाह, सुझाब र अमुल्य भोट दिएर सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार