मंगलबार, असोज ६ २०८३

मंगलबार, असोज ६ २०८३

गगनसिंह थापाको ‘उज्जवली’ लोकार्पित हुँदै

बिहिबार, असार १९ २०७६

काठमाडौं । समाजमा व्याप्त जातीय छुवाछुतको कुरुप तर जीवन्त तस्बिर चित्रण गरिएको आख्यान कृति ‘उज्जवली’ अग्रज आख्यानकार डा. ध्रुवचन्द्र गौतमबाट शुक्रबार काठमाडौंमा लोकार्पित हुँदै छ ।
आख्यानकार गगनसिंह थापाको पाँचौँ कृतिका रूपमा सार्वजनिक हुन लागेको ‘उज्जवली’ विशेषतः सुदूर–पश्चिममा रहेको जातीय विभेदबाट नेपाली समाजमा सिर्जित दुखान्त र सङ्घर्ष मूल कथानक भएको लघु उपन्यास हो । लेखकले आफ्नो समयमा देखेको जातीय विभेदलाई जस्ताको त्यस्तै चित्रण गरेका छन् ।

थापाका यसअघि संयुक्त कथा–संग्रह सोह्र सौगातसहित उपन्यासहरू कर्णालीको छेउछाउ, मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित भइसकेका छन् भने ‘महाप्रलय’ उपन्यास प्रकाशोन्मुख छ । कैलालीका स्थायी बासिन्दा उनी सुदूर–पश्चिममा उत्तरार्धमा देखापरेका ‘गतिला लेखक’का रूपमा परिचित छन् ।


कार्यक्रममा प्रशिद्ध लेखकहरू नयनराज पान्डे, महेशविक्रम शाह र निलम कार्की ‘निहारिका’ले पुस्तकमाथि टिप्पणी गर्ने छन् । बुक्सेलर काठमाडौं प्रकाशक रहेको ‘उज्जवली’को लोकार्पण कार्यक्रमको संयोजन किरण क्रिएसन तथा शब्दघरले गर्दैछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार