शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एनआरएनए युके उपमहासचिव अधिकारीद्वारा आइसीसी सचिवमा उम्मेदवारी घोषणा , यस्तो छ उनको एनआरएनएमा योगदान

बुधबार, असार १८ २०७६

काठमाडौं । एनआरएनए यूकेका उपमहासचिव बिनय अधिकारीले एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सचिवका लागि उममेदवारी दिने भएका छन् । एनआरएनएमा लामो समयदेखि सक्रिय अधिकारीलाई एनआरएनमा रहेर उनले लामो समयदेखि निर्वाह गरेको भूमिका कारण पनि बलियो दाबेदारका रुपमा हेरिएको द्ध छ ।

बेलायतमा रहेर विभिन्न व्यवसाय, पत्रकारिता र समाज सेवामा सक्रिय विनय अधिकारी एनआरएन यूकेका उपमहासचिव हुन् । ‘साधा जीवन उच्च विचार’को सिद्धान्तलाई अंगिकार गर्न रुचाउने उनी एनआरएनए युकेको कार्यसमिति भित्र सबैभन्दा सक्रिय मानिन्छन्। हरेक काममा डटेर लाग्ने स्वभावका अधिकारी आफू एनआरएनएको इमान्दार सिपाइ भएको स्वीकार्छन् । एनआरएनमा सक्षम नेतृत्व, साझा प्रतिनिधित्व, पारदर्शीता, जवाफदेहिता तथा समावेशिता, सामूहिक एकता, सबै नेपालीबीच एकता हुनुपर्छ भन्ने विचार राक्छन ।

उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको २०१७–२०१९ कार्यकालको लागि उपमहासचिवमा निर्वाचीत भएका थिए । उनी चुनावमा बेलायतमा बस्ने सम्पूर्ण नेपालीलाई एक शूत्रमा बाध्ने, नेपाल र नेपालीप्रति भाइचारा सम्बन्ध स्थापित गर्ने, बेलायतमा रहेका भूपू गोर्खाहरुको अधिकार स्थापित गराउने, एनआरएनमा युवाको सहभागिता बढाउने, पारदर्शी, जवाफदेही, उत्तरदायी एनआरएन निर्माण गर्नेजस्ता विभिन्न कार्येहरुमा प्रतिबद्धता सहित निरन्तर लागिरहेको र गैर आवासीय नेपाली संघ केन्द्रमा रहेर अझ बिशेष भूमिका निर्वाह गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

विगत लामो समयदेखि प्रवासमा रहँदा विभिन्न संघसस्थामा क्रियाशील रहेकाले एनआरएनमा लागेपछि २०१३ साल साधारण सदस्य लिएर खुलेर काम गरेका थिए । यसै कारण समाजको बिश्वासले २०१७ देखि २०१९ कार्यकालमा यूकेमा उपमहासचिवमा निर्वाचित भएको र त्यो विश्वासलाइ अझ उचाइमा लिएर जान केन्द्रमा आफ्नो उपस्थिति आवस्यकता रहेको बताउछन् ।
प्रवासमा लामो समयदेखि बस्दै विभिन्न सामाजिक संस्थामा क्रियाशील भएकाले एनआरएन अभियानमा अगाडि बढ्दै एनआरएनमार्फत विभिन्न मानवीय तथा कल्याणकारी काममा अधिकारी सक्रिय हुने गरेका छन् ।


एनआरएनमा उहाँलाइ चुनावी प्रतिबद्धताजस्तै धेरै क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएका अधिकारी चितवन एड ट्रस्टमा रहेर महत्वपूर्ण भूमिका र सस्थाको चाम् बढाउने काममा पनि सक्रिय थिए । उनी २०१५ देखि आबद्ध भई ग्लोबल गोर्खा समाज नेटवर्कमा पनि आवद्ध छन् । सामिजिक काम गर्न रुचि राख्ने अधिकारी विभिन्न रुपमा थुप्रै सामाजिक योगदान गरेका छन् । उनले विशेष गरी एनआरएन यूके सदस्य विस्तारको महाअभियान सफल पार्दै स्मार्ट एण्ड डिजिटल एनआरएन बनाउने अभियानअन्तर्गत १० हजारलाई पञ्जीकृत सदस्य बढाउने अभियान थालनी गरेका थिए ।


एनआरएन नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, वेल्समा गठन गर्ने काममा पनि उनको महत्वपूर्ण भूमिका थियो । एनआरएन अध्यक्ष आदरणीय योगगकुमार फगामीको नेतृत्वमा तथा सहकार्यमा सो काम सम्पन्न गर्नुमा उहाको बिशेस भूमिका थियो । गैर आवासीय नेपाली संघ बेलायतको इतिहासमा पहिलो पटक तीन क्षेत्रीय समिति गठन गर्न पनि सफल भूमिका निर्वाह गरेका थिए ।

बेलायती सेनामा गोर्खामाथि भएको असमानता हटाउन दुवै मुलुकका सरकारले प्राविधिक टोली बनाएर तयार गर्ने आफ्नो बिशेष भूमिका रहने बेलायती सेनामा भर्ती हुने नेपाली नागरिकले नेपालको नागरिकता रद्द गरी बेलायतको नागरिकता लिनुपर्ने बाध्यता रहेकाले दुवै मुलुकको नागरिकता पाउने व्यवस्था गर्नसमेत माग गरेका छन् र सो मुद्दालाइ आफ्नो गैर आवासीय नेपाली संघ केन्द्रको उपस्थिति संगै जोडदार रुपमा लिएर जाने प्रतिबद्दता ब्यक्त गरेका छन् । गैर आवासीय नेपाली संघ केन्द्रमा अध्यक्ष भवन भट्ट, कुमार पन्त लगायत सबैसंग सौहार्दपूर्ण सम्बन्ध साथै अधिकाम्स राज्यसमितिहरुमा उनको राम्रो पहुँच साथै उनको क्षमता र दक्षताको आधारमा उनको उमेद्वारी एक बलियो दावेदारको रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार