मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट : बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलमा

बुधबार, असार १८ २०७६

काठमाडौं, १८ असार । बंगलादेशलाई हराउँदै भारत इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।

भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा अलआउट हुँदै २८६ रन मात्रै बनायो ।

बंगलादेशका लागि शकिब अल हसनले ६६, मोहमद साइफुदिनले अविजित ५१, सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३ तथा मुस्फिकर रहिमले २४ रन बनाए ।

भारतका जस्प्रित बुम्राहले ४, हार्दिक पाण्डयाले ३ तथा मोहम्मद शामी, भुवनेश्वर कुमार र युजभेन्द्र चहलले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१४ रन बनाएको थियो ।

भारतका रोहित शर्माले १०४, लोकेस राहुलले ७७, ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा कप्तान बिराट कोहलीले २६ रन बनाए ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ५ तथा शकिब अल हसन, रुबेल हुसेन र सौम्या सरकारले १/१ विकेट लिए ।

जितसँगै भारत ८ खेलबाट १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । बंगलादेश ८ खेलबाट ७ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार