शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

चलचित्र ‘सत्या’को ट्रेलर सार्वजनिक

मंगलबार, असार १७ २०७६

कार्तिक २२ देखि प्रदर्शनमा आउने
काठमाडौं(जस)–धनेश्वर फिल्मस् प्रालीको व्यानरमा निर्माण भएको फिल्म ‘सत्या’को पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच फिल्मको पोस्टर तथा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मको केही मुख्य मुख्य अंसले प्रथामिकता पाएका छन् । एक्सन लभस्टारी जनरामा निर्माण भएको फिल्म ‘सत्या’ कार्तिक २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।
मिलन आले मगरको निर्देशन रहेको फिल्ममा राज कालाखेती, विकास थापा मगर, वर्षा थिङ, करण सिंह बोहरा, प्रिया शर्मा, सुमन खत्री, गौरव सम्राट लगायतकाको अभिनय छ । सुमन खत्री, झम्का देवि कालाखेती र करण सिंह बोहराको लगानी रहेको फिल्मको कार्यकारी निर्माता मदन थिङ हुन् । विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन वस्यालको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, तारा थापा (किम्भे) र श्यामराज श्रेष्ठको सम्पादन फिल्ममा रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार