काठमाडौं / नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डको १६ औं संस्करण आज हुँदैछ ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड आज कमलादीस्थित राष्ट्रिय प्रज्ञा भवनमा दिउँसो २ बजेर ३० मिनेटमा अवार्ड कार्यक्रम सुरु हुनेछ ।
नेपाली खेलकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्व संस्थालाई प्रत्येक वर्ष सम्मान गर्न लागिएको हो ।
यस पटक बर्ष उत्कृष्ट खेलाडी पुरुष, बर्ष उत्कृष्ट खेलाडी महिला, युवा बर्ष खेलाडी, बर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिँदैछ ।
यसअघि नै विभिन्न पाँच विधामा पर्ने खेलाडीको मनोनयन सार्वजनिक भइसकेका छन् । वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको हो ।
यसैगरी स्पेशल अवार्ड, पारा एथ्लेट अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र टिम अफ दि इअरको अवार्ड पनि त्यही बेला घोषणा गरिनेछ । एसियाका उत्कृष्ट खेल पत्रकारलाई पनि समेत सम्मान गर्न लागिएको छ । एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको नाममा उक्त अवार्ड प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रमको एक घण्टा खेलाडी छनोट समितिको बैठकले विभिन्न विधाका विजेता खेलाडीको विषयमा निर्णय लिनेछ ।
यस पटक उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् । अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
पाँच विधामा पर्ने खेलाडीको मनोनयन
वर्ष उत्कृष्ट पुरुष खेलाडी
पारस खड्का (क्रिकेट)
सोमपाल कामी (क्रिकेट)
शुक्रबहादुर राई (गल्फ)
इन्द्र बहादुर श्रेष्ठ (जुडो)
युकेश गुरुङ (प्याराग्लाइडिङ)
वर्ष उत्कृष्ट महिला खेलाडी
सावित्रा भण्डारी (फुटबल)
सरस्वती चौधरी (भलिबल)
सीता रानामगर (क्रिकेट)
नीमा गुरुङ (तेक्वान्दो)
मनिता श्रेष्ठ प्रधान (जुडो)
वर्ष उत्कृष्ट युवा खेलाडी
अजितकुमार यादव (एथलेटिक्स)
प्रिन्स दाहाल (ब्याडमिन्टन)
मञ्जलीकुमारी योञ्जन (फुटबल)
ललितनारायण राजवंशी (क्रिकेट)
विजय श्रेष्ठ (कराते)
वर्ष उत्कृष्ट प्रशिक्षक
योगेश भट्टराई (प्याराग्लाइडिङ)
हरि खड्का (फुटबल)
धनीराम चौधरी (एथलेटिक्स)
जगत टमाटा (क्रिकेट)
ज्ञानेन्द्र बिष्ट (भलिबल-एपिएफ)
पिपुल्स च्वाइज अवार्ड
सन्दीप लामिछाने (क्रिकेट)
प्रिन्स दाहाल (ब्याडमिन्टन)
सावित्रा भण्डारी (फुटबल)
रेश्मा भण्डारी (भलिबल)
महेश्वर महर्जन (शारीरिक सुगठन)