शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अमिषा पटेलमाथि धोकाको आरोप, मुद्दा अदालतसम्म पुग्यो

सोमबार, असार १६ २०७६

मुम्बई(एजेन्सी)–फ्यामिली अफ ठाकुर गंज फिल्मका निर्माता अजय कुमार सिंहले अमिषा पटेलले धोका दिएको आरोप लगाएका छन् । अजयका अनुसार अमिषा पटेलले फिल्म देसी म्याजिकका लागि साढे दुई करोड भारु उधारो लिएकी थिइन् । तर उनले एक वर्षदेखि पैसा फिर्ता दिने प्रश्नमा कुनै जवाफ दिइरहेकी छैनन् । जसका कारण अजयले राँचीको एक अदालतको ढोका ढक्ढकाएका छन् ।
न्यूज एजेन्सी आइएएनससँग कुरा गर्दै अजयले भने, ‘हामीले ३ करोड भारुको चेक बाउन्स भएपछि राँचीको एक अदालतमा मुद्दा दर्ता गरेका छौं । ‘देसी म्याजिक’ नामको फिल्म रिलिजका लागि गत वर्ष उनले मसँग जुन पैसा लिएकी थिइन्, त्यससम्बन्धि उनले कुनै पनि जवाफ दिइरहेकी छैनन् । अब उनको जुलाई ८ मा अदालतमा पेशी छ ।’
उनले थपे, ‘यदि उनी आइनन् भने अमिषाविरुद्ध पक्राउ पुर्जी जारी गरिनेछ । हामी जून १७ तारिखमा एक पुर्जी जारी गर्न अनुरोधसहित अदालत गएका थियौं किनभने उनले जवाफ दिइरहेकी छैनन् तर अदालतका न्यायाधीसले पक्राउ पुर्जी जारी गर्नुअघि अदालतमा पेशीको सुझाव दिएका छन् ।’ अजयका अनुसार अमिषा पटेलको यो फिल्म जून २०१९ मा रिलिज हुने तयारीमा थियो । त्यसपछि यसलाई सेप्टेम्बरसम्म बढाइयो । उनले भने, ‘मलाई तीन करोड भारुको चेक दिइएको थियो तर त्यो बाउन्स भयो । जब मैले यसबारे जान्न खोजेँ तब उनको मप्रतिको व्यवहार पूर्ण रुपमा बदलियो । उनले म साना लगानीकर्ता भएकाले चुप लागेर बस्नुपर्ने अह्राइन् । तर यो मेरो पैसा थियो त्यसकारण ब्याजसहित फिर्ता लिन्छु ।’

प्रतिक्रिया
सम्बन्धित समाचार