मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्व खेलकुद दिवसको अवसरमा केपिकेएसमा खेलकुद

सोमबार, असार १६ २०७६

काठमाडौं(जस)–काठमाडौं प्रज्ञा कुञ्ज स्कुल (केपिकेएस)ले विश्व खेलकुद दिवसको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गदै खेलकुद दिवस मनायो । बानेश्वरको संगम चौकमा रहेको स्कुलले फुटसल,बास्केटबल,टेबलटेनिस,कबड्डी,बुद्धिचाल,खोखो र बागचाल खेलहरु आयोजना गरि भब्यताका साथ मनायो । फुटसल अन्र्तगत छात्र जुनियरतर्फ निलो सदनले स्वर्ण जित्यो भने सिनियरमा रातो सदनले उपाधि हात पा¥यो । त्यस्तै छात्रा बास्केटबलमा निलो सदनले उपाधि हात पार्दा छात्रतर्फ रातो सदन च्याम्पियन बन्यो ।
त्यस्तै स–साना बालबालिकालाई पनि सहभागिता गराउने उद्देश्यले मनोञ्जन दौडको रुपमा रिङ दौडको पनि आयोजना गरिएको आयोजक स्कुलका खेलकुद प्रमुख श्याम तामाङले जानकारी गराए । एक दिने प्रतियोगिताका बिजेता खेलाडीलाई काठमाण्डौं जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धु्रव न्यौपाने,स्कुलकी संस्थापक प्रिन्सिपल सुनिता पौडेललगायतले पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार