सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाली कथानक चलचित्र ‘काँचुली’को अफिसियल पोस्टर सार्बजनिक

सोमबार, असार १६ २०७६

काठमाडौँ(जस)– बि जि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुति रहेको नेपाली कथानक चलचित्र काँचुलीको पहिलो पोस्टर सार्बजनिक भएको छ । चलचित्र युनिटले आज काठमान्डाँैको भद्रकाली मन्दिर परिसरमा अनाथ असहाय हरु लाई दहि चिउरा बितरण गर्दै चलचित्रको पहिलो पोस्टर सार्बजनिक गरेको हो ।
चलचित्रमा शुभेच्छा थापा,रबिन श्री,सुभाष गजुरेल,शर्मिला शर्मा र राजन महर्जन को मुख्य भुमिका रहेको छ । छायांकन सुशील डाँगी,दन्द्व देव महर्जन ,नृत्य राजन महर्जन र दिलिप राई ,बितरण तिरुपती फिल्मसका लागि सरोज शर्मा र सुनिता भट्टराई ,लेखनर निर्देशन शंकर अधिकारी घायल को रहेको छ ।

चलचित्रमा संगीत राजु लामा, राजेन्द्र बजगाईँ ,शंकर अधिकारी घायलको रहेको छ भने सपना श्री,नित्याशिवा,राजेन्द्र बजगाइ र शम्भु रै का आवाज रहेको छ । काँचुली श्रावण २४ गते रिलिज गरिने चलचित्रका मिडिया कोर्डिनेटर रोशन पोखरेलले बताए । आज नै सामाजिक विषय बस्तुमा तयार पारिएको नेपाली कथानक चलचित्र चार्जर को पनि घोषणा गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार