बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कामना सेवा विकास बैंकले नगद लाभांश र बोनस शेयर वितरण गर्ने

आइतबार, असार १५ २०७६

काठमाडौं(जस)–कामना सेवा विकास बैंक लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७४र०७५ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५० करोड २६ लाख ५५ हजार ५ साय १९.२३ को ८ प्रतिशतका दरले हुन आउने रकम २० करोढ २ लाख १२ हजार ४ सय ४१.५४ नगद लाभांश दिने र १.५ प्रतिशतले हुने रकम ३ करोड ७५ लाख ३९ हजार ८ सय ३२.७९ बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले सभामा बैंकको आर्थिक वर्ष २०७४÷०७५को वासलात, नाफारनोक्सान हिसाब, नगदप्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७५र०७६ को चैत्र मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्य योजना समेत प्रस्तुत गरेका थिए । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दे यस बैंकलाई अत्यधिक प्रतिस्पर्धात्मक वजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापति गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार