मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

महिला विश्वकप : स्वीडेन र नेदरल्यान्डस् सेमिफाइनलमा

आइतबार, असार १५ २०७६

काठमाडौं(एजेन्सी)–स्वीडेन र नेदरल्यान्डस् महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । फ्रन्समा जारी विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा स्वीडेनले जर्मनीलाई २–१ गोल तथा नेदरल्यान्डस्ले इटालीलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेका हुन् । जर्मनीले सुरुवाती अग्रता बनाएपनि हार खेप्न बाध्य भयो । जर्मनीका लागि लिना मागुलले १६औं मिनेटमा गोल गरिन् ।
स्वीडेनले २२औं मिनेटमा बराबरी गोल फर्कायो । स्वीडेनकी सोफिया ज्याकोभसनले बराबरी गोल गरिन् । ४८औं स्टिना ब्ल्याकस्टेनसले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाइन् । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा स्वीडेन विजयी भयो । यसैगरी अर्काे खेलमा नेदरल्यान्ड्सको जितमा भिभियानी मिडेमाले ७०औं र स्टेफानी भानडर ग्राक्टले ८०औं मिनेटमा गोल गरेका थिए । सेमिफाइनलमा नेदरल्यान्डस् र स्वीडेन तथा अमेरिका र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार