मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट : आज भारत र इंग्ल्याण्ड भिड्दै

आइतबार, असार १५ २०७६

काठमाडौं / इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ ।

आइतबार हुने एक मात्र खेलमा भारत र आयोजक इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको बर्मिङघमस्थित एजबास्टोन रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । सेमिफाईनलमा स्थान बनाउन दुवै टिमलाई जित महत्वपुर्ण छ ।

जारी प्रतियोगितामा अपराजित भारत आज पनि जितको लक्ष्यसहित मैदानमा उत्रनेछ भने सेमिफाइनल सम्भावनालाई कायम राख्न ईङल्याण्डलाई जितको विकल्प छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार