मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

फ्रान्सलाई हराउँदै अमेरिका सेमिफाइनलमा

शनिबार, असार १४ २०७६

काठमाडौं(एजेन्सी)–अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा आयोजक फ्रान्सलाई २–१ गोलले हराउँदै अमेरिका सेमिफाइनलमा पुगेको हो । सेमिफाइनलमा अमेरिकाले इङल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । निकै प्रतिस्पर्धात्मक खेलमा अमेरिकाको जितमा दुवै गोल मेगन रापिनोइले गरिन् ।
फ्रान्सकी वेन्डी रिनार्डले एक गोल फर्काइन् । पाँचौ मिनेटमा मेगनको गोलबाट अमेरिकाले अग्रता लिएको थियो । मेगनले ६५औं मिनेटमा दोस्रो गोल गरेकी थिईन् । त्यसपछि ८१औं मिनेटमा वेन्डी रिनार्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरिन् । त्यसपछि दुवै टोलीबाट गोल नहुँदा अमेरिका विजयी भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार