जनसवाल डेस्क
काठमाडौं । हाल गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ८० भन्दा बढि राष्ट्रमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । अहिले नवांै विश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएन भित्र नयाँ नेतृत्व आफ्नो पक्षमा पार्नका लागि तीब्र चहलपहल चुलिएको छ । चुनावी सरगर्मी बढिरहँदा अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को अधिवेशन शुरु भएको छ । हाल अधिवेशनले नयाँ नेतृत्व चुन्ने क्रम जारी रहेको छ । मध्यपूर्वमा रहेका एनआरएनए एनसीसीहरु मध्ये पहिलोपटक एनआरएनए ओमानले आफ्नो पाँचौँ राष्ट्रिय महाधिवेसन शुक्रबार मस्कटमा गर्दैछ । मध्यपूर्वमा एनआरएनको केन्द्रकै रुपमा मानिने ओमानको अधिवेशनलाई एनआरएन वृतमा अर्थपूर्णरुपमा लिइएको छ । अधिवेशनको अवसरमा विश्वभरिका एनआरएनए अगुवा तथा नेतृत्वका आकाक्षीहरु मस्कट आईपुगेका छन् । एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठका अनुसार सम्मेलनमा सयौँको संख्यामा अतिथिहरूको सहभागिता हुँदै छ ।


एनआरएनए आईसीसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य, एनआरएनए मध्यपूर्व संयोजक आर के शर्मा, एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, अमेरिका क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएनए मध्यपूर्व सहसंयोजक प्रविन गुुरुङ र गोपाल कँडेल, एनआरएनए आईसीसी सदस्यहरू मनोज गोर्खाली, ठाकुर प्रसाद ढुंगाना, चित्र केसी, जोन अर्याल, अमित राई, विमल सुवेदी, कमल श्रेष्ठ, विनोद भट्टराई, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाल, एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूकेका उपमहासचिव विनय अधिकारी, एनआरएनए मध्यपूर्वका पूर्वसहसंयोजक तथा वर्तमान आइसीसीका मानार्थ सदस्य राजु सैयद, एनआरएनए बेल्जियमबाट गोविन्द सुवेदी, बहराइनबाट दुर्गा गिरी, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरीलगायत पदाधिकारी कार्यक्रममा सहभागी रहने अध्यक्ष दीपक श्रेष्ठले बताए ।

मध्यपूर्वमा एनआरएनए ओमान त्यहाँको सरकारबाट मान्यता पाउने पहिलो एनसीसी संजाल हो । एनआरएन सोसियल क्लवको नाममा ओमान सरकारबाटै मान्यता पाएको यस संजालले ओमान र नेपालमा धेरै सामाजिक काम गर्दै आईरहेको छ । एनआरएन आइसीसी सचिव डिबी क्षेत्रीको कर्मथलो ओमानलाई आफ्नो पक्षमा पार्न एनआरएन नेतृत्व यतिबेला ओमान आईपुगेका छन् ।




