मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

विश्वकप क्रिकेट : आज वेष्ट इण्डिजले भारतको सामना गर्दै

बिहिबार, असार १२ २०७६

काठमाडौं / इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।

बिहीबार हुने एक मात्र खेलमा वेष्ट इण्डिजले भारतको सामना गर्दैछ ।

यी दुई टोलीबीचको खेल इंग्ल्याण्डको म्यान्चेस्टरस्थित वर्ल्ड ट्राफोट रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।

दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

भारत स्पष्ट जितको खोजीमा हुनेछ भने वेष्ट इन्डिज पनि सेमिफाइनलमा पुग्नका लागि जितको लक्ष्य सहित मैदान उत्रनेछ ।

भारत ५ खेलबाट ९ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने वेष्ट इन्डिज ६ खेलबाट ३ अंक सहित आठौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार