शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

दक्षिण कोरियाको लोट्टे र हिमालय एनकेबीच सम्झौता, फ्रेन्चाईज रेष्टुरेण्ट ‘लोट्टेरिया’ अब नेपालमा

मंगलबार, असार १० २०७६

काठमाडौँ(जस)– दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी लोट्टे ग्रुप अन्तर्गतको फास्टफुड फ्रेन्चाइज रेष्टुरेण्ट ‘लोट्टेरिया’ नेपालमा औपचारिकरुपमा भित्रिएको छ । उक्त रेष्टुरेण्ट नेपालमा संचालन गर्नका लागि लोट्टे जिआरएस र नेपाली साझेदार हिमालय एनकेबीच फ्रेन्चाइज सम्झौता भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रमकाबीच उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादव र पूर्व गृहमन्त्री जनार्दन शर्माको उपस्थितीमा ला्ट्टे जिआरका तर्फबाट ग्लोबल सिइओ नाम इक उ र हिमालयन एनकेका अध्यक्ष विनोद कुबरले व्यवसायीक सम्झौतामा हस्ताक्षर गरेका हुन ।

उक्त अवसरमा लोट्टे ग्रुपका ग्लोबल विजनेश टिम प्रमुख किम कि छल र हिमालयन एनकेका वैदेशिक लगानी साझेदार लि चङ सङको पनि उपस्थिती रहेको थियो ।
सम्झौता समारोहलाई सम्वोधन गर्दै उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले नेपालमा लगानीको लागि प्रशस्त वातावरण बनिसकेको र कोरियाली बहुराष्ट्रिय कम्पनीको नेपाल प्रवेशले नेपालको अर्थतन्त्रलाई राम्रो टेवा पुर्‍याउनेमा आफु आशावादी बनेको बताए । उनले यो सम्झौताले नेपालको पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण सहयोग पुग्ने समेत बताए ।
लोट्टे ग्रुपका ग्लोबल सिइओ नाम इक उले नेपालमा आफ्नो फ्रेन्चाइज भित्र्याउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाली उपभोक्तालाई गुणस्तरीय र उच्चतम सन्तुष्टि दिन आफुहरुका तर्फबाट कुनै पनि कसर बाकि नराख्ने बताए ।

लगानी र पर्यटन प्रवद्र्धनका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेसँगै पछिल्लो समय नेपाली बजारमा विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरु आकर्षित हुदै गइरहेका छन । यसै समयमा लोट्टेरियाको नेपाल आगमनसँगै भिजिट नेपाल २०२० को प्रवद्र्धन तथा एसिया प्यासिफिक क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई आकर्षण गर्ने हिमालयन एनकेका अध्यक्ष विनोद कुबरले बताए ।

नेपालमा पहिलो पटक ठुलो कोरियाली फ्रेन्चाइज संचालन गर्न लागिएकाले कोरियाबाट पनि धेरै चासोमा रुपमा हेरिएको छ । कोरियाको लोट्टेले नेपालमा सफलता प्राप्त गर्यो भने, भविष्यमा कोरियाबाट विभिन्न क्षेत्रमा लगानीको लागि समन्वय गर्ने अवसर तय हुने कुँवरको विश्वास छ । ४० वर्षदेखि संचालित लोट्टेरिया अहिले कोरियाको रेष्टुरेन्ट फ्रेन्चाइज विजनेसमा पहिलो नम्बरमा रहेको छ भने यसले भियतनाम, इन्डोनेसिया, म्यानमार, कम्बोडिया, काजकिस्तान, लाओस र मंगोलिया गरी ७ देशहरुमा १६ सयभन्दा बढी फ्रेन्चाइज रेष्टुरेन्ट र पसलहरु संचालन गरिरहेको छ । रेष्टुरेण्ट फ्रेन्चाइज बिजनेशमा ग्लोबल लिडरको दिशामा अघि बढिरहेको लोट्टेरिया चिकेन र वर्गरको लागि विश्वप्रख्यात छ ।

अहिले भएको सम्झौतासँगै लोट्टेरियाको नेपाल फ्रेन्चाइज विजनेसको नेतृत्व हिमालयन एनकेको रहनेछ । कोरिया र नेपालको सम्बन्ध विस्तार भइरहेको अवस्थामा कोरियाको ठूलो समूह नेपाल प्रवेश हुनुलाई सकारात्मकरुपमा लिन सकिन्छ । उक्त कार्यक्रममा एनआरएनएका विभिन्न नेतृत्व तहका अतिथीहरुको उपस्थिती रहेको थियो. नेपालका पार्टनर बिनोद कुँवर एनआरएनए एसिया प्यासिफिक रिजनका सहसंयोजक भएकाले पनि उक्त कार्यक्रममा एनआरएनएको उल्लेख्य उपस्थिती रहेको हो. कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक रिजनका पूर्व सहसंयोजक गोबिन्द श्रेष्ठ, एनआरएनए आईसिसि सदस्य मुकेश बरुवाल लगायतको उपस्थिती रहेको थियो

प्रतिक्रिया
सम्बन्धित समाचार