यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले १८ सम्म बोनस प्राप्त गर्दछन् । बोनसका साथै, अन्तर्रा्ष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १र१ थान स्मार्टफोन पाउँछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्रा्ष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिन्छ । यो योजना सुरु भएको चार हप्तामा सम्ममा ४० जना ग्राहकहरु स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त पनि गरि सकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भई सकेको छ ।
“मेरो श्रीमान जेष्ठ २० गते दुबईबाट फर्कनु भएको छ । उहाँलेनै मलाई उताबाट कल गर्नुहुन्थ्यो । कल आयो पैसा पायो योजनामा स्मार्टफोन जित्न पाएकोमा मलाई धेरै धेरै खुसी लागेको छ ।’’ झापा बिर्तामोडका राधिका रम्तेलले भनिन् । हालै मात्र उनले एनसेलको मुख्य कार्यलयमा आयोजित एक कार्यक्रममा आफुले जितेको स्मार्टफोन ग्रहण गरेकी थिईन । ‘‘मैले यो कल आयो पैसा पायो योजना सुचारु गरेको थिए । आफु एकदमै भाग्यमानी भएको अनुभव भई रहेकोछ । एनसेलले ग्राहकलाइ धेरै नै सेवा सुविधाहरु दिइ रहेकोछ ।,” आफ्नो खुसी व्यक्त गर्दै स्मार्टफोन विजेता मध्यकी एक इलामकी मञ्जना देवानले भनिन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्रा्ष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार यो योजना अन्तर्गतको विजेताहरुको छनोट गरिन्छ । प्रमाणिकरण भईसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यलयबाट तथा देशभरीका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिदै आएको छ ।
यो योजना अन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत पुर्याउँछ । ग्राहकमाझ निकैनै लोकप्रिय रहेको तथा धेरैनै राम्रो प्रकिक्रिया पाएको यस योजनाले एनसेल ग्राहकलाइ थप मुल्य प्रदान गर्ने विश्वास एनसेलको छ ।