काठमाण्डौं । शिवपुरी मिडिया नेटवर्कको आयोजनामा शिवपुरी मिडिया नेटवर्क प्रा.लि.को तेस्रो, अग्निवाण पाक्षिक पत्रिकाको बाह्रौं र सगरमाथा पोष्ट डट कमको छैठौं बार्षिकोत्सव शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रविन प्रसाद थपलियाको सभापतित्व एवं ओशो तपोवनका संस्थापक बोधिसत्य स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नेपाल पुलिस क्लवमा आज आयोजित एक कार्यक्रमका विच बार्षिकोत्सव सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा शिवपुरी मिडिया नेटवर्क प्रा.लि. ले प्रकाशन गरेको स्मारिका विमोचन तथा अपाङ्गता सहायता कोषको घोषणा र शिवपुरी मिडिया सम्मान कार्यक्रम समेत सम्पन्न भएको हो । उक्त अवसरमा आफ्नो मन्तव्य राख्दै ब्रम कुमारी कुसुमले क्रान्तिकारी परिवर्तनमा मिडियाको विशिस्ट योगदान रहेको बताउँदै सत्य, तथ्य र निस्पक्ष समाचार मार्फत मानवमा नयाँ जोस, जाँगर र उमङ्ग भरि सत्य अहिंसा तथा स्वर्णिम सञ्सारमा परिणत गर्न यो मिडिया अगाढि बढोस् भनि शुभकामना दिनुभएको छ । कार्यक्रमको दौरानमा प्रमुख अतिथि स्वामी आनन्द अरुणले शारिरिक अपाङ्गताका बाबजुत्पनि निरन्तर पत्रकारितामा सक्रिय रहने पत्रकारहरुलाई सम्मान व्यक्त गर्नुभएको थियो ।

मौलिक संस्कृतिहरुले भरिपुर्ण हाम्रो समाजमा मिडियाले संस्कृति सरक्षणमा समेत योगदान गर्नुपर्ने उहाँले धारणा राख्नु भएको छ । ईमान्दारिताका साथ पत्रकारिता आजको दायित्व हो र उन्ननतीको माध्ययम पत्रकारिता रहेकोले गरिवी, भष्टचार, न्याय र सत्यकोलागि मिडियाको भूमिका रहनुपर्ने कुरामा स्वामीे आनन्द अरुणको जोड रहेको थियो । कार्यक्रमा विभिन्न क्षेत्रका १२ जना भन्दा बढिलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा कारोवार दैनिकका गजेन्द्र बुढाथोकी, कृषि क्षेत्रमा योगदान गर्ने रामप्रसाद पुडासैनी, तारकेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष बलराम सिटौला, पत्रकार विकास थपलिया, मुकुन्द कालिकोटे, बलराम खड्का, चन्द्रिका आचार्य, अनुज कुमार श्रेष्ठ, नजिर हुसैन माधव प्रकाश सुवेदि तथा पत्रकार राजु भट्ट लगायत रहेका छन् । कार्यक्रममा विभिन्न सांगितिक तथा भजन लगायत सास्कृतिक प्रस्तुती र शिवपुरी मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष रविन प्रसाद थपलियाको हजुर बुबाको ९९ औं जन्मोत्सव समेत मनाईयको छ ।