आलोक यादव
सिरहा / सिरहाका सबै स्थानीय तहका टोल–टोलमा लागुऔषध दुरुपयोेगविरुद्ध सप्ताहव्यापी अभियान शुरु भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर जिल्लाभर लागुऔषधविरुद्धको अभियान थालिएको हो ।

सिरहा नगरपालिका वडा नं.७ स्थित जिल्ला समान्यय समितिको सभाहलमा जिल्ला प्रशासन कार्यलय सिरहा,जिल्लाग जनस्वास्थ्य कार्यालय सिरहा र जिल्ला प्रहरी कार्यलाय सिरहाको आयोजनामा सिरहाका प्रमुख जिल्लाऔ अधिकारी श्री गोपाल प्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.उ. उमा प्रसाद चतुर्बेदी ज्यू लगायत विभिन्नप कार्यालयका कार्यालय प्रमुखहरु पत्रकार ,शिक्षक तथा विद्यार्थीहरु अं.३०० जनाको उपस्थितिमा लागू औषध दुरूपयोग तथा ओसारपसार विरूद्दको अन्तर्राष्ट्रिय दिवशको सप्ताहव्यापी
कार्यक्रमको समुद्घााटन गर्नु भयो ।

उक्त कार्यक्रममा जिल्ला् प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक अपील राज बोहराले राष्ट्रिय,अन्तराष्ट्रिय जगतमा लागुऔषधको अवस्था तथा असरको वारेमा जानकारी गराउनु भइ उक्त कार्यक्रममा आ-आफ्नो मन्तव्य राखी ऐ.१२:०० बजेको समयमा समाप्त भएको थियो ।