सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

टोल–टोलमा लागुऔषध दुरुपयोग विरुद्ध प्रहरी अभियान

शुक्रबार, असार ६ २०७६

आलोक यादव
सिराहा आसार ०६– सिराहाका सबै स्थानीय तहका टोल–टोलमा लागुऔषध दुरुपयोेग विरुद्ध सप्ताहव्यापी अभियान शुरु भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर जिल्लाभर लागुऔषधविरुद्धको अभियान थालिएको हो ।

सिराहा नगरपालिका वडा नं.७ स्थित जिल्ला समन्व्य समितिको सभाहलमा जिल्ला प्रशासन कार्यालय सिराहा,जिल्ला जनस्वास्थ्य कार्यालय सिराहा र जिल्ला प्रहरी कार्यालय सिराहाको आयोजनामा सिराहाका प्रमुख जिल्ला अधिकारी श्री गोपाल प्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्र.उ. उमा प्रसाद चतुर्बेदी ज्यू लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु पत्रकार ,शिक्षक तथा विद्यार्थीहरु लगभग ३०० जनाको उपस्थितिमा लागू औषध दुरूपयोग तथा ओसारपसार विरूद्दको अन्तर्राष्ट्रिय दिवसको सप्ताहव्यापी कार्यक्रमको समुद्घाटन गरिएको छ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरिक्षक अपील राज बोहराले राष्ट्रिय,अन्तराष्ट्रिय जगतमा लागुऔषधको अवस्था तथा असरको वारेमा जानकारी गराउदै कार्यक्रम समापन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार