मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोपा अमेरिका फुटबल : जापान र उरुग्वे बराबरीमा

शुक्रबार, असार ६ २०७६

ब्राजिल, ६ असार । कोपा अमेरिका फुटबलमा जापानले उरुग्वेसँग बराबरी खेलेको छ ।

ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलमा जापानका लागि दुबै गोल कोजि मियोसीले गरे । उरुग्वेका लुईस सुवारेज र होजे जिमिनेजले एक–एक गोल फर्काए ।

बराबरीपछि जापानको अर्को चरणमा पुग्ने सम्भावना कमजोर भएको छ । पहिलो खेलमा चिलीसँग पराजित जापानको दुई खेलबाट १ अंकमात्रै छ ।

४ अंक जोडेको उरुग्वे शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको चिलीको ३ अंक छ । चिलीले एक खेलमात्रै खेलेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार